२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

२०७५, २५ माघ शुक्रबार ०८:१८

माघ २५, सङ्खुवासभा | भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । 

काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ । 

विसं २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधामात्रै उठाइएको छ । सडक विभागको बेवास्ता र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्यले पूर्णता पाउन नसकेको हो । पुलको जमीनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ । 

लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि त्यसभेगका ७० हजार बढी नागरिकले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताउनुभयो  । शिलान्यास भएको आठ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनुमा सडक विभाग नै दोषी भएको उनको भनाइ छ । 

लम्सुवा घाटको पुल निर्माण नहँुदा जोखिम मोलेर काठको डुङ्गाबाट अरुण नदी वारपार गर्नुपरेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुल नहुँदा दैनिक उपभोग्य सामाग्रीमा महङ्गो शुल्क तिर्नु परेको छ ।’ यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल भइरहेको बताउनुभयो । 

उहाँले स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको स्पष्ट पार्नुभयो । विसं २०६७ मा तत्कालीन उपप्रधान एवम् भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गर्नुभएको थियो । पुल निर्माणको आठ वर्ष बित्दा सात पिलर मात्र ठड्याइएको छ । तीन वषभित्र निर्माण सम्पन्न गर्नेगरी स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनीले काम छोडेर भागेको छ । 

लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । भोजपुर र सङ्खुवासभा आवतजावत गर्ने स्थानीयवासी हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षात्को समयमा अढाइ घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुलबाट वारपार गर्नुपरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना