वैशाख २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५६ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा र विक्रिदर २९ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १६ पैसा र विक्रिदर २९ रुपैयाँ ३३ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १६ पैसा र विक्रिदर २७ रुपैयाँ ३१ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९१ पैसा र विक्रिदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ३९ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ३९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ८५ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हेर्नुस् अरु देशको विनिमयदर:-