२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेलिकमले लियो आम्दानी वृद्धि गर्ने लक्ष्य

२०७५, २८ श्रावण सोमबार ०७:५७

साउन २८, काठमाडौँ | नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५÷७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ । 

टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पुर्याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ । 

टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलब १९ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलब ९२ प्रतिशत वृद्धि भएको छ । 

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले चालू आवमा भ्वाइस सेवातर्फ कूल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पु¥याउने तथा डाटा सेवाको घनत्वमा वृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । चालू आवमा पिएसटिएन नौ लेन लाइन सेवातर्फ ४२ हजार २६१ लाइन टेलिफोन वितरण गर्ने र सोही अनुरुप मुलुकका ग्रामीण तथा शहरी क्षेत्रमा आइपी प्रविधिका उपकरणबाट भ्वाइस, डाटा र अन्य सेवा प्रदान गर्ने टेलिकमको लक्ष्य छ । 

“चालू आवमा एक लाख लाइन आइपी प्रविधिबाट प्रतिस्थापन गरी पिएसटिएन सेवाको कूल जडित क्षमताको करीब ५० प्रतिशत उपकरण (चार लाख ५० हजार लाइन क्षमता) आइपी बेस्ड प्रणालीबाट सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो । 

डाटा सेवा विस्तारका लागि फोरजी÷एलटिई सेवामार्फत वायरलेस ब्रोडब्याण्ड सेवालाई थप प्रवद्र्धन गर्दै शहरी क्षेत्रका ग्राहकलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौँलगायत अन्य ठूला शहरमा तीन लाख क्षमताको ‘फाइबर टू दी होम नेटवर्क’ विस्तार गरी एक लाख ग्राहकलाई सेवा प्रदान गरिनेछ । टेलिकमले विद्यालय, स्वास्थ्य संस्था र गाउँपालिकामा वाइम्याक्स प्रविधिमार्पmत न्यूनतम ५१२ केविपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थापना गरी मुलुकका ७७ वटै जिल्ला सदरमुकाम र प्रमुख व्यापारिक केन्द्रमा वाइफाई सेवा सञ्चालन गरिनेछ । 

मुलुकमा सूचना महामार्गको पूर्वाधार विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषबाट वित्तीय सहयोग प्राप्त हुने गरी प्रदेश नं १,२ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने टेलिकमले जनाएको छ । पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सीमा क्षेत्र आरुघाटसम्म दुई हजार १७९ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर विस्तार गरिनेछ । 

पोस्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने टेलिकमको लक्ष्य छ । “मुलुकका प्रमुख शहरमा फोरजी सेवा आरम्भ भइसकेकोछ,” प्रवक्ता वैद्यले भन्नुभयो । मुलुकभर गुणस्तरीय थ्रिजी सेवा उपलब्ध गराउने लक्ष्यसहित टेलिकमले चालू आवमा थप बिटिएस जडान गरी सेवा विस्तारलाई तीव्र पारेको छ । सातवटै प्रदेशमा फोरजी एलटिई सेवा विस्तार गर्न बोलपत्र आह्वान गरेको टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ