Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

फोहरबाट १७ लाख आम्दानी

२०७५, २८ श्रावण सोमबार ०७:५०

साउन २८, म्याग्दी | बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ । 

जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन) र एक ट्र्याक्टरबाट दैनिक फोहर सङ्कलन गरिन्छ । 

एउटा घरबाट रु ५० देखि ३०० शुल्क लिने गरिएको नगरपालिकाका सूचना अधिकारी बिमल रञ्जन कार्कीले बताउनुभयो । शुल्कबापत सङ्कलन हुने रकम फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनको इन्धन, मर्मत र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बेनीमा दैनिक तीन ट्र्याक्टरका दरले सङ्कलन हुने फोहर बेनपा–८ र ९ को सिमाना रातो पहिरोमा व्यवस्थापन गरिँदै आएको छ । 

बेनी र गलेश्वरमा रहेका हजारभन्दा बढी घरबाट सङ्कलन हुने फोहर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । 

वातावरण प्रदूषण न्यूनीकरणसँगै आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले बेनी नगरपालिकाको रातो पहिरोमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको छ । त्यसको लागि रु ६७ लाख लागत अनुमान गरिएको छ । फोहर व्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालीगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने र भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले रु ४७ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असोज महिनासम्म फोहर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र्र बनाइएको निर्माण व्यवसायी प्रवीन सापकोटाले बताउनुभयो । रातोपहिरोस्थित कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ । 

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना छ । 

हाल सोही स्थानमा खुल्ला रुपमा फोहर फालिँदै आएको छ । अव्यवस्थित रुपमा फोहर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित