By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History
Reading: सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र
अर्थ/विकासकाठमाडौँ - KTM

सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र

साझासवाल
Last updated: October 12, 2020 12:12 pm
साझासवाल
5 Min Read
Share

पूर्णप्रसाद मिश्र । असोज २६, काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक छ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य छन् ।

यो मार्गमा पर्ने घट्टेखोलामा विसं २०७१ मै सवारी हिँड्ने पुल बनिसके पनि ट्र्याक खुलेको सडक स्तरोन्नति नहुँदा तीन नगरपालिकाका बासिन्दा तेब्बरभन्दा बढी सडक घुमेर सेवा लिन जान बाध्य बनेका हुन् । यो सडक सञ्चालनमा आए गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाका सेवाग्राहीलाई साँखुमा रहेका कार्यालयमा जान सहज हुनेछ ।

साँखुमा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी कार्यालय छन् । यो सडक बनेमा छ किलोमिटर यात्रापछि साँखु पुग्न सकिने कागेश्वरी मनोहरा–२ का बासिन्दा कृष्णजी खड्का बताउनुहुन्छ । सडक स्तरोन्नति नहुँदा १९ किमी घुमाउरो यात्रा गरी सेवाग्राही साँखु पुग्छन् ।

“यो सडक बनेमा पर्यटकीयस्थल नगरकोट पुग्न पनि छोटो बाटो हुनेछ, यो सडकले पर्यटकीयस्थल सुन्दरीजल, कागेश्वरी, साँखु र नगरकोटलाई पनि जोड्छ, प्राचीनकालदेखि नै बूढानीलकण्ठदेखिका मानिस माघ महिनामा लाग्ने साली नदी मेला भर्न आउने यो मूलबाटो थियो, सडक अर्को स्थानबाट बनेपछि ओझेलमा परेको थियो, यसैले यहाँ पुल बनाएर सडक स्तरोन्नतिका लागि लागेका छौँ”, उहाँले भन्नुभयो ।

शङ्खरापुरको खत्रीगाउँलगायत स्थानबाट वाग्मती किनारमा शव ल्याउन एवं स्थानीयवासीको आवतजावतका लागि पनि यो सडक प्राचीनकालदेखि नै उपयोग हुँदै आएको थियो । साँखु, कागेश्वरी र गोकर्णेश्वरका विभिन्न स्थानका मानिसबीच पारिवारिक सम्बन्धसमेत रहेकाले पनि ओहोरदोहोर गर्न यो बाटो सोझो हुन्छ । १५ वर्षअघि नै ट्र्याक खुलेको यो सडक स्तरोन्नति नहुँदा गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुरका केही भागका मानिस सार्वजनिक यातायातमा १९ किमी घुमाउरो यात्रा गरी साँखु पुग्न बाध्य छन् ।

वर्षौँदेखि घुमाउरो यात्रा गर्न बाध्य स्थानीयवासीले दशैँ अघि नै मोटरसाइकल र साना सवारी सञ्चालन हुने गरी मर्मत शुरु गरेका छन् । घट्टेखोला पुलको दायाँबायाँ बिग्रिएको सडक मर्मत गर्न स्थानीयवासी रामहरि खड्का, शैलेन्द्र कुइँकेल र विनोद खड्काले डोजर उपलब्ध गराउनुभएको छ । सवारी चलाउन स्थानीयवासी पनि मर्मत सम्भारमा सहयोग गर्न सक्रियता देखाउन थालेका छन् ।

मर्मत एवं स्तरोन्नतिका लागि स्थानीय बच्चुराम खड्का, विनोद खड्का, शिवशरण खड्का, अमृत खड्का, लक्ष्मण खड्का, अशोक खड्का, राजीव खड्कालगायत जग्गा धनीले जग्गासमेत उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ । यो सडक सुन्दरीजलबाट आलापोटसम्म १० मिटर चौडाइको छ । इन्द्रायणीबाट साँखुसम्म पनि १० मिटर चौडाइको यो सडक आलापोटबाट सूर्यमण्डली खण्डमा भने करिब ३०० मिटर आठ मिटरमात्र चौडाइको छ ।

सडक मर्मतका लागि शङ्खरापुर नगरपालिकाले बजेट समेत विनियोजन गरेको वडा नं ९ का वडा सदस्य भाइकाजी श्रेष्ठले जानकारी दिनुभयो । यो सडक मर्मत भएमा जोरपाटी–थली–साँखु सडकको वैकल्पिक मार्ग समेत हुनेछ । जोरपाटी–थली–साँखु सडक विस्तारका लागि ठेक्का भएको आधा दशक वितिसक्दासमेत काम पूरा हुन सकेको छैन । जसका कारण स्थानीयवासी हिउँदमा धुलो र बर्खामा हिलोमा यात्रा गर्न बाध्य छन् ।

गोकर्णेश्वरका वडा नं १, २ र ४, कागेश्वरी मनोहराका वडा नं १, २, ३ र ४ एवं शङ्खरापुरका वडा–९ मा जग्गा एकीकरणका माध्यमबाट बस्ती विकास गर्न आयोजनासमेत स्थापना भएकाले पनि यो सडक बनाउनुपर्ने स्थानीयवासीको माग छ । सुन्दरीजल–सूर्यमण्डली–साँखु सडकले जग्गा विकास गरिने सबै वडालाई छुने भएकाले पनि यसको काम अघि बढाउन तीन वटै नगरपालिकालाई स्थानीयवासीले आग्रह गरेका छन् ।

पुल बनाउन विसं २०७१ मा ठेक्का गर्ने सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले पुल बनाएका बेला सडक स्तरोन्नतिको कार्यक्रम नपरेको बताउनुहुँदै त्यसपछि राज्य पुनःसंरचनाका क्रममा कार्यक्षेत्र नपर्ने भएकाले अलपत्र बनेको स्वीकार्नुभयो । अहिलेको कार्यक्षेत्र अनुसार यो सडक प्रदेश वा स्थानीय सरकारले सम्पन्न गर्नुपर्ने हुन्छ । पहुँच मार्ग नभएर यस्ता सयौँ पुल अलपत्र बनेको पनि उहाँले जानकारी दिनुभयो ।

पुलको निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीले हस्तान्तरण गर्न पाएका छैनन् । पुल सरोकार समितिका अध्यक्ष प्रद्युम्न खड्का निर्माणका बेला कार्यस्थलमा सूचनापाटी नराखिएकाले कति लागतमा पुल बनेको भन्ने थाहा नभएको बताउनुहुन्छ । कामका क्रममा पाँचसम्म पेटी निर्माण व्यवसायी फेरिएको पनि उहाँले जानकारी दिनुभयो । एउटाले काम गरी छाडेर लामो समय आएपछि सडक विभागमा गएर भनेपछि अर्को आउने क्रमले पाँच निर्माण व्यवसायीले काम गरेपछि पुल सम्पन्न भएको हो ।

पुल हस्तान्तरण नहुँदै केही ठाउँमा चर्किएको पनि सरोकार समितिले जनाएको छ । यस सम्बन्धमा पछिल्लोपटक काम गरेका निर्माण व्यवसायी उमेश लामासँग सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउनुभएन । सुन्दरीजलबाट आलापोट निस्कने एक किमी सडक भने यसै वर्ष कालोपत्र गर्ने गरी रु तीन करोड बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनामार्फत् यो काम हुने जनाइएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपाल पत्रकार महासङ्घद्वारा दुःख व्यक्त
Next Article अनुपयोगी बन्दै हुलाक सेवा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखोटाङ्ग - KTGराजनीति

मत पाउने एउटा – विजयी हुने अर्कै, मत साटिएर फरक नजिता आएपछि हात हालाहाल

57 years ago
अर्थ/विकासओखलढुङ्गा - OKL

ओखलढुंगामा छिमेक लघुवित्त विकास बैंकले १५ औँ वार्षिक उत्सव मनायो

57 years ago
काठमाडौँ - KTMसमाज

भागरथी ह्त्त्याको निष्पक्ष छानविन गर्न मानव अधिकार आयोगको माग

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?