८ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

अनुपयोगी बन्दै हुलाक सेवा

२६ आश्विन २०७७, सोमबार १२:१७

असोज २६, लमजुङ । जिल्लामा रहेका हुलाक सेवा अनुपयोगी बन्दै गएका छन् । विगतमा उपयोगी र प्रभावकारीरूपले सञ्चार सेवा गर्दै आइरहेको हुलाकसेवा अहिले समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा जिल्ला हुलाक कार्यालयसहित सबै हुलाकी कार्यालय अनुपयोगी बनेको हो । 

दोर्दी गाउँपालिकाका बयोबृद्धा सरस्वती गुरुङले भन्नुभयो, विगतमा हुलाकी दाइले घरघरमा चिठीपत्र ल्याउने गर्दथे, बिदेशमा रहेका लाहुरे छोराको खबर चिठीपत्रमार्फत मात्रै पाइने हुँदा हुलाक सेवाको प्रभावकारिता थियो । त्यतिबेला हुलाकी दाइ देखेपछि आफन्तहरूका चिठीपत्र आयो कि भनेर दौडेर लिन जाने गरेका थियौ तर अहिले प्रविधिको युगले विश्वभरको खबर एक मिनेटमै पाउन सकिने भएकाले हुलाकको अवश्यकता रहेन। त्यस्तै, सोही गाउँपालिका वडा नं. ३ का अर्का बृद्ध  बुद्धिमान श्रेष्ठले कसैलाई केही खबर पठाउन परेपनि हुलाकबाटै चिठीपत्र पठाउने गरेका थियौँ । हुलाकी दाइ गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो  कि भन्दै सोध्ने गर्दथ्यौ, खबरको माध्यम भनेकै चिठीपत्र थियो उहाँले भन्नुभयो । 

अहिलेका पुस्ता भने  हुलाकबारे जानकार नै छैनन्  । हुलाक भनेको सुनेको छु तर यसको काम के हो ? कुनै जानकारी नभएको बेँसीशहर नगरपालिका–८ की विद्यार्थी  सिर्जना श्रेष्ठले बताउनुभयो  । उहाँले भन्नुभयो, अहिलेसम्म हुलाक सेवा हाम्रो  आवश्यकतामा नपरेकाले त्यसबारे कुनै जानकारी भएन । प्रविधिको युगले गर्दा मजस्ता अधिकांश नयाँ पुस्ताहरूलाई हुलाक सेवाबारे  जानकारी नहुनसक्ने उहाँको भनाइ थियो । 

सूचना र प्रविधिको युगसँगै हुलाकको ढाँचामा परिवर्तन हुन नसक्दा हुलाक टिकट बिक्री, सरकारी कामकाजका चिठी, पत्रपत्रिका आदाप्रदान, कहिलेकाही बैंकबाट ऋण लगेर भाका नाघेका ब्यक्तिहरूलाई चिठी पठाउनेजस्ता काममा  मात्रै यसको प्रयोग  हुने गरेको निमित्त हुलाक अधिकृत ज्ञानेन्द्र मरशिनीले बताउनुभयो । चिठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको र नयाँ नयाँ प्रविधि र सञ्चारका तरौतरिका अनुरुप हुलाकले सेवा दिन नसकेपछि यसको प्रभावकारिता र उपयोगिता घट्दै गएको पाइन्छ । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाकसेवा प्रभाबकारी बनेपनि यहिले हुलाक सेवाभन्दा इन्टरनेटमार्फत म्यासेज, म्यासेन्जर, भइभरजस्ता प्रविधिको प्रयोगले दु्रत सेवा दिने भएकाले  हुलाकसेवाको प्रभावकारिता घटदै गएको उहाँको भनाइ थियो  । 

यतिबेला हुलाक सुनसान जस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठी र केही ब्यक्तिको पार्सललगायत  बढीमा १५÷२० वटा र कम्तिमा ९÷१० वटा चिठी दैनिक आउने गरेको छ  ।  हुलाक कार्यालयमा खासै काम नहुदा हुलाकका कर्मचारीहरू फुर्सदिला बनेका छन् ।  जिल्लामा एकवटा जिल्ला हुलाक कार्यालय, १० वटा इलाका हुलाक कार्यालय र  ५० वटा अतिरिक्त हुलाक कार्यालय गरी ६१ वटा हुलाक कार्यालयमा २७०  कर्मचारी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा लोड भएको मार्बलले च्याप्दा एक मजदुरको मृत्यु, एक घाइते आज रातिदेखि आइतबार साँझसम्म मौसम खराब हुने सम्भावना भारतबाट फर्केपछि मन्त्री राणा- सरकारको सिस्टम नै परिवर्तन हुनेजस्तो आशय मैले देखिनँ चन्द्रागिरिको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर आगलागीका घटनाबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित चोरीका २७१ वटा मोबाइल, ९ ट्याब र १५ ल्यापटपसहित ७ जना पाकेटमार पक्राउ एक्सले हाल्यो भारत सरकारविरुद्ध मुद्दा धनुषामा प्रहरीकाे हवाई फायर दस जनाले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार उच्च अदालत परिसरमा रविलाई प्रश्न, तपाईं राजावादी हो, रास्वापा लाइन के हो? कैलालीको जंगलमा अनुमति बिनै १०० भन्दा बढी विदेशी नागरिकको बसोबास, प्रशासनको २४ घण्टे अल्टिमेटम विश्वकप छनोट: कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौं : रवि लामिछाने पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष एकै विद्यालयका ८ जना जुम्ल्याहा एसईई दिँदै युट्युब भिडिओ हेरेर एक युवकले आफ्नै पेटको शल्यक्रिया गरेपछि… बेलायतको सबैभन्दा ठूलो विमानस्थल २४ घण्टाका लागि बन्द ०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन : प्रचण्ड इजरायलविरुद्ध हमासको जवाफी आक्रमण, तेल अभिभमा ३ मिसाइल प्रहार