2026-10-02 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मत पाउने एउटा – विजयी हुने अर्कै, मत साटिएर फरक नजिता आएपछि हात हालाहाल

जेठ ५, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा एक उम्मेदवारको मतबाट अर्कै उम्मेदवार विजयी भएका छन् । एमालेबाट खुला सदस्यमा उठेका ज्ञानबहादुर राईको मतबाट एमालेकै खुला सदस्यका उम्मेदवार रतनबहादुर खत्री विजयी भएका हुन् । आफ्नो नामको अंग्रेजी बर्णानुक्रम अनुसार प्राप्त हुने चुनाव चिन्ह बारे स्पष्ट नहुँदै चुनावी मैदानमा उत्रिएकाले राईको मतबाट खत्री विजयी भएका हुन् । 

नामको सुरुको अक्षरको अंग्रेजी बर्णानुक्रम अनुसार रतनबहादुरले चुनाव चिन्ह एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य पाउनुपर्ने हो । तर निर्वाचन आयोगको मतदाता सुचीमा ज्ञानबहादुरको नाम ग्यानबहादुर भएकाले उनलाई निर्वाचन अधिकृतको कार्यालयले एक सुर्य चुनाव चिन्ह उपलव्ध गरायो । वर्णानुक्रममा ग्यानबहादुरभन्दा पछि आउने भएकाले रतनबहादुरलाई दुई सुर्य चिन्ह प्रदान गर्‍यो । तर उनीहरुले निर्वाचन अधिकृतको कार्यालयले प्रदान गरेको चुनाव चिन्हका बारेमा ख्याल गरेनन् ।

र’ र ‘ज्ञा’को वणानुक्रम अनुसार रतनबहादुरले एक सुर्य र ज्ञानबहादुरले दुई सुर्य चिन्ह पाएकोमा दुबै ढुक्क थिए । रतनबहादुरले एउटा सुर्य चिन्ह देखाउँदै भोट मागे । ज्ञानबहादुरले पनि दुई सुर्य देखाउँदै दिनरात नभनी चुनावी घरदैलोमा खटिए । उनीहरु एकले अर्कालाई भोट मागेको पत्तै भएन । ३० बैसाखमा मतदान भए । मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि भने ज्ञानबहादुर खंग्रङग भएका छन् । 

ज्ञानबहादुरले मागे अनुसार दुई सुर्यमा ४८५ मत र रतनबहादुरले मागेको एक सुर्यमा ३९७ मत प्राप्त भयो । मतको आधारमा दुई सुर्यवाला उम्मेदवार विजयी भए । निर्वाचन अधिकृतको कार्यालयले ‘र’ र ‘ग्या’को वणानुक्रम अनुसार दुई सुर्य चिन्हका रतनबहादुर बिजयी भएको भन्दै अन्तिम नजिता सार्वजनिक गरे । दुई सुर्यमा मत मागेका ज्ञानबहादुर भने मत पाएर पनि हार्न पुगे । उनको मतले रतनबहादुर बिजयी बन्न पुगेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा पनि रतनबहादुरले दुई सुर्य र ज्ञानबहादुरले एक सुर्य चिन्हमा लडेको उल्लेख छ । ज्ञानबहादुरलाई अन्य दलका मतदाताले समेत मत दिएका थिए । ज्ञानबहादुरलाई मत गएपछि सो वडामा गठबन्धन (माओवादी केन्द्र)का वडा सदस्यका उम्मेदवार बिमल लामा पराजित भएका छन् । लामाले ४०१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मत साटिएर फरक नजिता आएपछि ज्ञानबहादुर र रतनबहादरबीच बिवाद भएको छ । बुधबार उनीहरुबिचमा हात हालाहाल समेत भएको छ । नवनिर्वाचित वडाध्यक्ष र प्रहरीले दुई पक्षको विवाद मिलाउन सहजीकरण गर्नुपरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने