१५ वर्षीय नेपाली युवाले पाए युरोपियन फुटबल क्लबबाट कन्ट्र्याक्ट

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ | १५ वर्षीय नेपाली शाश्वत् रानाले च्याम्पियन्स लिग टिम एफसी कम्पेन्ह्याजेनबाट तीन वर्षको प्रोफेसनल कन्ट्र्याक्ट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७–अन्डर १९ का लागि कन्ट्र्याक्ट पाएका हुन् ।

एफसी कम्पेन्ह्याजेन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार शाश्वत्‌लाई १९ वर्षसम्म एफसी कम्पेन्ह्याजेनको सिनियर टिमबाट खेलाउने हिसाबले यो कन्ट्र्याक्ट दिइएको हो ।


डेनमार्कमै जन्मिएर हुर्केका शाश्वत्‌ले ६ वर्षको उमेरदेखि फुटबल खेल्न थालेका हुन् । हिलरप खेलकुद क्लबदेखि लिङबाई बल क्लबहुँदै १४ वर्षमा एफसी कम्पेन्ह्याजेन आएका रानाले उमेर समूहमा लिभरपुल, चेल्सी, आरबी लेप्जिग, पीएसभी, वेस्ट ह्याम, बायर्न न्युनिखजस्ता टिमहरूसँग खेल खेलिसकेका छन् । 

लेफ्ट विङ ब्याक शाश्वत् केही महिनाअघि नेपाल एसएएएफ अन्डर २० को क्लोज क्याम्प ट्रेनिङमा पनि सहभागी थिए ।  उनका बुबा विवेक राना नेपालका पूर्वकराँते खेलाडी हुन् भने आमा सुशीला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै एभरेस्ट रेमिट्यान्स चलाएर बसिरहेकी छन् । शाश्वत् २०२० को युथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन् । मौका पाए एक दिन नेपालका लागि खेल्ने इच्छा भएको शाश्वत् बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!