कतार विश्वकप फुटबलमा आज दुई खेल हुँदै, पहिलो खेल फ्रान्स र पोल्यान्डबीच

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौँ | कतार विश्वकप फुटबलको सेमिफाइनलको आज हुने पहिलो खेलमा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने भएको छ | कतारको अल थुमाम स्टेडियममा हुने पोल्यान्ड र फ्रान्सबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा जित निकाल्दै फ्रान्स क्वाटरफाइनलमा पुग्ने योजनामा छ । फ्रान्स समूह डी को विजेता बन्दै नक आउट चरणमा पुगेको थियो भने पोल्यान्ड समूह  सी को उप विजेता बन्दै  नक आउट चरणमा पुगेको थियो | पोल्यान्ड पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

त्यस्तै, आज हुने दोस्रो खेल इङ्ल्यान्ड र सेनेगलबीच हुनेछ | दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।  इङ्ल्यान्ड आजको खेमला जित निकाल्दै आफूलाई उपाधि दावेदारको स्थानमा राख्ने योजनामा छ भने  सेनेगल पनि पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!