बैरो संघ र बोर्डको सहकार्यमा युएईमा ‘जब फेयर २०२४’ सम्पन्न (फोटो फिचर)

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक युएईमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र वैदेशिक रोजगार बोर्डको सहकार्यमा रोजगार मेला ‘जव फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता-एजेन्सी र कामदार प्रत्यक्ष जोडिने उदेश्यले १७ बर्ष पछि जब फेयर आयोजना गरिएको हो ।


‘मर्यादित र स्वच्छ प्रक्रियाको पुुनः परिभाषित गरेर वैदेशिक रोजगारलाई सम्मानित बनाउनुपर्ने आजको आवश्यक्ता हो । यूएईले हासिल गरेकोे विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेकोे छ । नेपाली कामदारको सम्मान र सुविधामा वृद्धि गरिनु पर्दछ । विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले लगानी गर्न चाहेको छ ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको दुबई शहरमा आयोजना गरेको रोजगार मेला‘जव फेयर २०२४’ को उदघाटन गर्दै उक्त भनाई राखेका हुन । 


कामदारको अधिकार, सुरक्षा र सम्मानको विषयमा पारदर्शी क्लिन एण्ड क्लियर हुनुपर्ने जनाउदै मन्त्री भण्डारीले सुरक्षाको वातावरण र द्विपक्षीय सम्झौता भए हाल पुरुष कामदार पठाइएको घरेलु काममा महिला पनि पठाउन नेपाल तयार रहेकोे बताए ।

रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, यूएईका श्रम डिभिजन प्रमुख अहमेद अल यासी, इन्टरनेशनल रिलेसन स्पेसियलिष्ट अब्दुल लाजिज अल शामसीले नेपाली कामदारको सीप, उनीहरुले निर्वाह गर्ने जिम्मेवारी र उनिहरुको युएईको बिकासमा रहेको भूमिकाका बारेमा आ–आफ्ना धारणा राखे । 

बैरो संघका अध्यक्ष राजेन्द्र भण्डारीले रोजगारदाताहरुसँग नेपाली मेनपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न जव फेयर आयोजना गरिएको बताए । कार्यक्रममा संघका कार्यसमिति सदस्य नारायण भुषालले पावर प्वाइन्ट प्रिजेन्टेशनमार्फत नेपालको समग्र श्रम जनशक्तिको विषयमा जानकारी गराएका थिए ।

 रोजगार मेलामा ६४ मेनपावर कम्पनी र कर्मचारीसहित २ सय जनाभन्दा बढीको सहभागिता रहेकोे थियोे । जव फेयरका संयोजक, संघका प्रथम उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर डिक बहादुर खत्रीले जव फेयरमा नेपालका नयाँ तथा पुराना व्यवसायी उत्तिकै उत्साहका साथ सहभागी भएको बताए ।

 मन्त्री भण्डारीले जव फेयरमा रहेका सम्पूर्ण स्टल अवलोकन गरी उत्साहित भइ काम गर्न र नयाँ अवसरको खोजी गर्न आग्रह गरे । उनले जतिसक्दो छिटो साउदी र मलेसियामा पनि जव फेयर गरिने बताए ।

उक्त जव फेयरमा प्याराडाइज ईन्टरनेशनल प्रालिका संचालक नवराज केसीले जव फेयरले बैदेशिक रोजगारीमा थप आशा पलाएको बताए ।

दी रिभर ओभरसिज प्रा.लि.का सञ्चालक रघुनाथ पुरीले नेपालीका लागि धेरै क्षेत्रमा रोजगारीको सम्भावना भएपनि बिचौलियाहरुका कारण समस्या रहेको अवस्थामा त्यसको निराकरणका लागि जव फेयरले सहयोग गर्ने जनाउँदै नेपालबाट कम्तिमा एक–एक वर्षको अन्तरालमा जव फेयर गर्नु उचित हुने बताए ।

उक्त कार्यक्रममा कञ्चन ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक किरणकिशोर घिमिरेले दीर्घकालीनरुपमा नेपाली  कामदारको हित हुने भएकाले जव फेयरको महत्व रहेकोे बताए । अञ्जली ओभरसिजका सञ्चालक टीका शिवाकोटीले यस्ता रोजगार मेलाहरुले यस क्षेत्रमा नेपाली कामदारहरुका निम्ति अझ धेरै अवसरहरुको खोजी गर्न सहयोग गर्ने बताए । 

जव फेयरमा जिसिडि ग्रुप अफ कम्पनीका संचालक रमेश श्रेष्ठले यस्ता कार्यक्रमले बैदेशिक रोजगारिको क्षेत्रमा थप आयाम थपिदै जाने बताए । उक्त जव फेयरमा स्वीफ्ट एचआर सोलुसनका संचालक मदन पौडेलले आफुले मलेसियामा कामदार पठाउने कार्य गर्ने गरेको भएपनि दुबईमा पनि ब्यापार बढाउन आफुले स्टल राखेको बताए ।

मलेसियामा निशुल्क  कामदार पठाउदै आएको आकर्षण ईन्टरनेशनलका संचालक बिष्णु केसी र मिलन थापाले युएईमा पनि आफुहरुले इथिकल रोजगारिको प्रयासको लागी स्टल राखेको बताए ।

त्यस्तै अल सेक्युर मेनपावर प्रालिका संचालक दिल श्रेष्ठले यो जव फेयरले यो क्षेत्रमा केहीन केही  आशा पलाएको बताए । मदरल्यान्ड ओभरसिजका संचालक टेक बहादुर पौडेलले जव फेयर सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । 

जव फेयरमा यूएईस्थित रोजगारदाताहरु, सबै स्टेटका चेम्बरहरु, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, बिजनेस कम्युनिटी, एचआर एशोसिएसन र आधिकारिक नेपाली चेम्बरहरुसहित स्थानीय रोजगारदाताहरुलाई अवलोकनका लागि आमन्त्रण गरिएको थियोे । तर राजदूत क्षेत्रीले समय चापले अपेक्षित तयारी पूरा हुन नसकेका कारण अपेक्षित संख्यामा रोजगारदाता सहभागी नभएको बताए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । पहिलो पल्ट नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै जव फेयर आयोजना गरेको थियोे । नेपाली दूतावास यूएईमा कार्यरत श्रम काउन्सिलर  दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिको प्रयोगका कारण धेरै परिवर्तन भएकाले जव फेयर छिटो छिटो भइरहनुपर्ने बताए । 

 सुवेदीले नेपालले १७ वर्षको अन्तरालमा जव फेयर गरेपनि फिलिपिन्सजस्ता कामदार पठाउने मुलुकले छिटोछिटो जव फेयर गरेर रोजगारदाताहरुलाई आफ्नोे देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले धेरै लाभ उठाएको बताए । नेपालबाट पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी ५ लाख बढीले काम गरिरहेको पनि काउन्सिलर श्रम सुवेदीले बताए ।

यूएई नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुकका रुपमा रहेको छ । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी तिर्नु नपर्ने भनिएपनि रोजगारदाताको कमीकमजोरीका कारण प्राय सबै कामदार धेरै शुल्क तिरेर आऊने गरेका छन ।  

जव फेयरमा यूएईमा कामदार पठाउने मेनपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा  कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल बुकिङ गरेका थिए । 

स्थानीय कम्पनी र रोजगारदाता हरुको कम उपस्थितीले गर्दा कार्यक्रमले अपेक्षाकृत सफलता पाऊन भने सकेन । देशमा अग्रणी बैदेशिक रोजगार ब्यवसायीहरु सहभागी भएको कार्यक्रममा दुबई च्याम्बर अफ कमर्सको उपस्थिती नदेखिनुले यस कार्यक्रमको तयारी अपुग भएको स्पष्ट देखिन्थ्यो ।

बैरो संघका महासचिव मेघनाथ भुर्तेलले छोटो समयमा कार्यक्रम गर्दा पनि पुर्ण रुपमा सफल भएको जनाउदै युएईका ब्यावसायीहरु अलिक कम उपस्थिति भएको स्विकारे । युएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले हतार हतारमा गरिएको कार्यक्रम भएकाले स्थानीयको उपस्थिति कमी भए पनि कार्यक्रम अत्यन्तै राम्रो भएको बताए ।

नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै जव फेयर आयोजना गरेको थियोे । यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी गर्नु नपर्ने भनिएपनि म्यानपावर र रोजगारदाता प्रत्यक्ष जोडिन नसक्दा बिचौलियाहरुले खेलेर लागत खर्च बढ्ने गरेको अवस्था छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!