इजरायल रोजगारमा लैजाने प्रक्रिया पुन: सूचारु, आज ८० नेपाली इजरायल पुगे

Posted on: 25 Jul, 2022

साउन ९, काठमाडौँ । ईजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरुलाई ईजरायल ल्याउने प्रक्रिया पुन: सुचारु भएको छ ।

ईजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि ईजरायल जान नपाएर नेपालमै रोकिएकाहरु क्रमश रोजगारमा जान थालेका हुन् । सबै प्रक्रिया पुरा भई इजरायल रोजगार जानबाट रोकिएकाहरुलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात ईजरायल ल्याउन शुरु गरिएको तेलवीव स्थित नेपाली दुतावासले जनाएको छ । 

दुतावासले दिएको जानकारी अनुसार आज ८० जना नेपालीहरु ईजरायल पुगेका छन् । इजरायल पुगेका नेपालीहरुलाई दूतावासबाट राजदूत कान्ता रिजाल, उपनियोग प्रमुख अर्जुन घिमिरे, ईजरायल - नेपाल मैत्री संस्थाका प्रमुख नादभ बेन एहुदा लगायतको टोलीले ईजरायलको बेन गुरिओन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!