रक्सी पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौं | दिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् । 

गएराति २ बजेतिर राजेश पायल राई सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गएराति काठमाडौं उपत्यकाभरबाट १७२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुमध्ये धेरैजसोलाई आफन्तको जिम्मा लगाइएको छ ।

गायक राईलाई पनि आफन्तको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!