गृहमन्त्रीविरुद्ध सिंहदरबार गेटअगाडि नेविसंघको प्रदर्शन

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले  सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने माग राख्दै सिंहदरबार दक्षिण गेटअगाडि प्रदर्शन गरेको छ । 

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कुनै कदम चाल्न नसकेको, सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनीहरुले नारा लगाएका थिए।  


जनताको संविधान कार्यान्वयन गर्नुपर्ने, नागरिकको उपचार राज्यले गर्नुपर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने लगाएतका माग राख्दै नेविसंघले प्रदर्शन गरेको थियो। 

सिंहदरबार क्षेत्रमा प्रदर्शन भएपछि प्रहरीले उक्त प्रदर्शनमा हस्तक्षेप गरेको थियो । सो क्रममा केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!