युवा पलायन हुदाँ देश बृद्दाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौं | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । 

आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् ।

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा  रहेको भन्दै उहाँले व्यवस्थाविरुद्ध  उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए  ।  व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन नसकेको जनाउँदै विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले  जनतामा निराशा छाएको उनले जनाए ।

सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नै पर्छ ।

युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको  उल्लेख  गर्दै उनले  रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए ।

युवाहरूमा दुव्र्यसनीको सिकार हुने क्रम बढेकोले  सरकारले अब देशैभर हरेक पालिकामा   रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको उनले बताए । 

शान्ति प्रक्रियालाई निष्कर्ष  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!