नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए एकै ओभरमा २ ठूला विकेट

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले विस्फोटक दुई विकेट गुमाएको छ।


नेदरल्यान्ड्सको पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले डच टोलीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई २२ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । म्याक्सले २३ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । ८.१ ओभरमा म्याक्स आउट हुँदा नेदरल्यान्ड्सले ८३ रन बनाएको थियो ।

त्यसलगत्तै नेदरल्यान्ड्सका अर्का ओपनर माइकल लेभिट पनि पेभेलियन फर्किएका थिए । उनको विकेट पनि कुशल मल्लले लिएका हुन् । कुशल मल्लले उनलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि लेभिटले ५४ रन बनाएका थिए । उनले २९ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । ८.५ ओभरमा लेभिट आउट हुँदा डच टोलीले ८४ रन बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!