१४५ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्न पाउने (सूचीसहित)

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वाथ्य संस्थालाई वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि नवीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्षसम्मका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न नवीकरण गरेको हो ।

मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव एवम रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेलका अनुसार वैदेशिक रोजगारमा जाने कामदारले विदेश जानु अघि गर्ने स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले सूचीकरण नवीकरण भएको मितिदेखि तेस्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयमा सूचीकरण भएका स्वास्थ्य संस्थामध्ये निर्धारित समयभित्र तोके बमोजिमको दस्तुर, कागजात एवम विवरणसहित निवेदन पेश गरेका स्वास्थ्य संस्था कार्यविधिको दफा ६ मा रहेको अनुगमन तथा निरीक्षणको व्यवस्था बमोजिम अनुगमन गर्दा १४५ स्वास्थ्य संस्थाको माघ १६ गतेदेखि २०८३ माघ १५ गतेसम्मका लागि सूचीकरण नवीकरण गरिएको प्रवक्ता पोखरेलले बताए ।

यस्तो छ सूचीः

यस बिषयमा तपाइको प्रतिक्रिया...!