आकाश चन्दले लिए पीएनजीको तेस्रो विकेट

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को तेस्रो विकेट लिएको छ । पीएनजीको तेस्रो विकेट आकाश चन्दले लिएका हुन् । उनले ब्यक्तिगत रुपमा लिएको यो दोस्रो विकेट हो । 


आकाशले पीएनजीका चौथो नम्बरका ब्याट्सम्यान लेगा सिआकालाई दुई रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराए । ३.१ ओभरमा लेगा आउट हुँदा पीएनजीले २० रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!