भारतीय युट्युबर एल्भिस यादवद्वारा सर्पको विष सप्लाई गरेको आरोप स्वीकार

Posted on: 18 Mar, 2024

चैत ५, काठमाडौँ | चर्चित भारतीय युट्युबर तथा बिग बोसका विजेता एल्भिश यादवले आफ्नो अपराध स्वीकार गरेका छन् । रेभ पाटीमा सर्पको विष सप्लाई गर्ने गरेको आरोप उनले स्वीकार गरेका हुन् ।

यादवलाई आइतबार १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो । नोएडा पुलिसको टोलीले आइतबार उनलाई सोधपुछका लागि बोलाएको थियो ।

सोधपुछ लगत्तै उनलाई पक्राउ गरिएको थियो । सर्पको विष सप्लाई गरेको अभियोगमा कोतवाली सेक्टर ४९ मा पिपुल्स फर एनिमल नाम गरेको संस्थाले एल्भिस यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रहरीले यस मामिलामा चार सपेरा र अर्का एक जनालाई पक्राउ गरेको थियो । भारतीय प्रहरीले यस मामिलामा अनुसन्धान गरिरहेको छ ।

यस मामिलामा दोषी भेटिएमा एल्भिसलाई २० वर्षसम्मको सजाय हुन सक्नेछ । उनलाई जरिवाना पनि गरिने जनाइएको छ ।

फरेन्सिक रिपोर्ट पोजेटिभ आएपछि एल्भिसले प्रहरीलाई खुल्ला चुनौती दिएका थिए । उनले एक भिडियो जारी गर्दै आफू रेभ पार्टीमा थिएँ भनेर प्रमाणित गर्न प्रहरीलाई चुनौती दिएका थिए ।

यसपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । प्रहरीका अनुसार फेब्रुअरीमा एल्भिसले युट्युबमा १३ मिनेट ३४ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा एल्भिसले रेभ पार्टीमा  सर्पको विष सप्लाई गर्नेबारे कुरा गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!