इलाम-२ मा नेसपाको पहिचानवादी उम्मेदवार थेगिमलाई समर्थन

Posted on: 05 Apr, 2024

चैत २३, काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम-२ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न भएको छ ।

नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा थेगिमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । थेगिमलाई जसपा नेपालले पनि समर्थन गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!