आज शुक्रबार २४ सयले बढ्दै सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

Posted on: 12 Apr, 2024

चैत ३०, काठमाडौँ । आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको हो।

छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!