६ जना मृत अवस्थामा फेला !

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौँ । देशभरका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । जाजरकोटको भेरी नगरपालिका-१२ बारेलास्थित भेरी नदीमा शिवालय गाउँपालिका-३ घर भई रूकुम पश्चिम चौरजहारी नगरपालिका-३ स्थित टाटागाउँ बस्ने २५ वर्षीय कमल बुढा आइतबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार नदीमा नुहाउने क्रममा बगी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।  

यता भोजपुरको आमचौक गाउँपालिका-१ गैरीगाउँ उत्तिस बारीमा सोही ठाउँ बस्ने ४८ वर्षीय डिक बहादुर कार्की आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर टोल बस्ने ८२ वर्षीय रामशरण दास तत्मा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

उता बर्दियाको बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ६५ वर्षीय राजाराम चौधरी सोही ठाउँस्थित सुख्खा खटैला कुलोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सिरहाको लहान नगरपालिका-१३ गणेशपुर बस्ने ६६ वर्षीया सबुरबत्ती चौधरी सोही ठाउँस्थित आँप बँगैचामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यस्तै पाल्पाको रामपुर नगरपालिका-८ धारापानी बस्ने ५७ वर्षीय लाल बहादुर श्रेष्ठ सोही नगरपालिका-५ रामघाटस्थित कालिगण्डकी नदीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!