‘इट्स माइ शो’ विवादबारे सुरज सिंह ठकुरी : ‘मैले बनाएको ब्रान्ड ध्वस्त भयो’

Posted on: 26 Jun, 2024

असार १२, काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माइ शो’ को पछिल्लो एपिसोडको विवाद सेलाएको छैन । उक्त कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर थुप्रै सेलिब्रेटी र दर्शकहरुले आपत्ति जनाइरहेका छन् ।

यसैबीच, ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले पनि यसबारेमा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पछिल्लो कार्यक्रमले आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको बताएका छन् । साथै उनले कान्तिपुर टिभी र इट्स माइ शोसँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि प्रष्ट्याएका छन् ।


सुरजले भनेका छन्, "म यो स्पष्ट पार्न चाहन्छु कि म अब कुनै पनि हैसियतमा शो मा आबद्ध छैन, न त होस्ट न प्रमुख कार्यकारी निर्माताको रूपमा नै... तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं आभारी छु। 

... म यति मात्र भन्न सक्छु कि मेरो 23 वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्डप्रतिको मेरो Loyalty ध्वस्त भएको छ... एक टिभीको अनुहारको रूपमा, म दुखी छु र यस्तो कन्टेन्टको हिस्सा बन्न चाहन्न।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!