जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध

Posted on: 26 Jun, 2024

असार १२, चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!