गुल्सन झा आउट भएसंगै नेपाललाई चौथो झड्का

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले चौथो  गुमाएको छ । 

चौथो  विकेटको रुपमा बर्नार्ड स्कोल्जको बलमा गुल्सन झा आउट भएका हुन् । 

गुलसन १६ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका हुन् । ७।२ ओभरमा उनी आउट हुँदा नेपालले ६४ रन बनाएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!