आज नेपालले घरेलु टोली हङकङसँग मैत्रीपूर्ण क्रिकेट खेल्दै

Posted on: 09 Mar, 2024

फागुन २६, काठमाडौं | नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल हङकङको मोंग कोकमा नेपाली समय अनुसार बिहान ११ : १५ मा सुरु हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो । नेपाल युवा टोलीको साथ हङकङ गएको छ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!