टी-२० सिरिजको फाइनल खेल: दोस्रो बलमै पीएनजीको विकेट लिए करण केसीले

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को पहिलो विकेट लिएको छ । पीएनजीको पहिलो विकेट करण केसीले लिएका हुन् । 

करणले पहिलो ओभरको दोस्रो बलमै पीएनजीका ओपनर ब्याट्सम्यान सेसे बउलाई आकाश चन्दद्वारा क्याच गराएका हुन् । सेसे बउ आउट हुँदा पीएनजीले केवल एक रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!