नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १७७ रनको लक्ष्य दिएको छ ।

फ्रेन्डसिप कपको फाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउदै १७६ रन बनाएको हो ।


नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१  र सन्दीप जोराले ७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!