नेपाल ‘ए’ ले गुमायो तेस्रो विकेट

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का नरेन भट्ट १५ रनमा बेन ह्वाइटको बलमा बोल्ड आउट भएका हुन्।

यसअघि अर्जुन साउद ३६ रनमा र  खनाल १० रनमा आउट भए ।

आयरल्याण्ड ‘ए’ ले दिएको २८५ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

यो खबर तयार गरुन्जेल नेपाल ए ले २९ ओभरमा ३ विकेटको  क्षेतिमा १७१ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!