इरान र इजरायलबीच तनाव, युद्धको संकेत

Posted on: 06 Apr, 2024

चैत २४, काठमाडौँ | इरान र इजरायलबीच तनाव बढेको छ । मिडिया रिपोर्टका अनुसार इजरायलले अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि दुवै देशबीच तनाव बढेको हो ।

सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो ।

यस विषयमा इरानले अमेरिकालाई इरान र इजरायलबीच नआउन चेतावनी पनि दिएको छ । इरानी राष्ट्रपतिका राजनीतिक मामिलाका लागि डेपुटी चिफ अफ स्टाफ मोहम्मद जमशिदीले अमेरिकालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको जालमा नपर्न चेतावनी दिदै यस विषयमा टाढा बस्न आग्रह गरेका थिए ।

यद्यपी अमेरिकाले उक्त धम्कीप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।

यसैबीच अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानले इजरायली र अमेरिकी लक्ष्यमा आक्रमण गर्ने बारे अमेरिकी सेना उच्च सतर्कतामा रहेको उल्लेख गरेको छ ।

इजरायललाई इरानबाट आक्रमणको डर रहेको छ, त्यसैले इजरायलले आफ्नो जीपीएस नेभिगेसन सिस्टम बन्द गरेको छ । इजरायलले गाइडेड मिसाइलहरू अवरोध गर्न जीपीएस  बन्द गरिएको मानिन्छ ।

यसबाहेक उच्चसतर्कता अपनाउदै सबै सैनिकको बिदा रद्द गरेका छन् । 

इजरायलले इरानलाई हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई सहयोग गरिरह्यो भने उसको लक्ष्यलाई निशाना बनाइने सन्देश दिन सिरियामा हवाई हमला गरेको बताइएको छ । सिरियामा इरानको दूतावास छ र त्यहाँका धेरै सैनिकहरू पनि त्यहाँ छन् जो राष्ट्रपति बसर अल असदको पक्षमा विद्रोही समूहहरू विरुद्ध लडिरहेका छन् । अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै यस्तै निशाना बनाएको थियो ।

इरान र इजरायलको दुश्मनी पुरानो हो, तर इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गर्ने साहस कहिल्यै जुटाउन सकेको छैन । उनले सधैं हमास र हिजबुल्लाह जस्ता आतंकवादी संगठनहरूलाई समर्थन गरेर आफ्नो बदला लिने गरेको छ । अब इरानले इजरायललाई सीधै निशाना बनायो भने सबैभन्दा ठूलो खतरा यो युद्ध मध्यपूर्वमा फैलिने अनुमान गरिएको छ ।

यसैबीच हिजबुल्लाह प्रमुख सय्यद हसन नसरल्लाहले दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमण अक्टोबर ७ यताकै सबैभन्दा ठूलो हमला भएको बताएका छन् । उनले यस कारणले युद्ध निर्णायक मोडमा पुगेको टिप्पणी गर्दै अब इरानले इजरायलमाथि पक्कै आक्रमण गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!