पाटनमा साढे १२ बजेदेखि मतदान सुरु

Posted on: 20 Nov, 2022

मङ्सिर ४, काठमाडौँ | ललितपुर जिल्लाको बागमति गाउँपालिका वडा नं ५ स्थित आश्राङको भगवति प्राविमा साढे १२ बजेबाट मतदान सुरु भएको छ  । 

वडा नं ५ का अध्यक्ष नारायण बमजनका अनुसार हिजो राजनीतिक दलबीच इच्छाएको व्यक्तिले मतदान गर्न पाउने सहमति भए  पनि आज सोही विषयमा विवाद उत्पन्न भएपछि मतदान सुरु हुन सकेको थिएन ।

“विवादपछि एकाघरकाले मतदान गर्न पाउने सहमति भएपछि यहाँ मतदान सुरु भएको हो”, उहाँले भन्नुभयाे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!