ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

Posted on: 21 Nov, 2022

मङ्सिर ५, ललितपुर | ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ। 

एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी पम्फा भुसालले पछाडि पारेकी छन्।

पम्फाले ५ सय ८७ मत प्राप्त गर्दा तोसिमाले ४ सय ९८ मत प्राप्त गरेकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!