शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ

Posted on: 18 May, 2023

जेठ ४, काठमाडौँ | नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौँ ठगी प्रकरणमा अर्का व्यक्ति पनि पक्राउ परेका छन्। 

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो।


प्रहरी स्रोतका अनुसार उनी सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा पुगेको अवस्थामा प्रहरीको नियन्त्रणमा परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। 

मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यससँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। यसअघि कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले आत्मसमर्पण गरेपछि अहिले बयान लिइरहेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!