ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीसाधनबाट नियमित गस्ती गर्ने

Posted on: 21 Jul, 2022

साउन ५, ललितपुर | ललितपुर महानगरपालिकाले अब दुईपांग्रे विद्युतीय सवारीबाट नियमित गस्ती दिने भएको छ । बिहीबार ‘नगरवासीको सेवामा एक कदम अगाडि’नारा दिएर ललितपुर महानगरपालिकाले विद्युतीय सवारीको उद्घाटन गरेको छ | महानगरका मेयर चिरिबाबु महर्जनले गस्तीका लगि तयार विद्युतीय सवारीहरूको उद्घाटन गरेका हुन् । प्रमुख महर्जनले महानगरमा शान्ति सुव्यवस्था कायम गर्न नियमित गस्ती प्रभावकारी हुने विश्वास व्यक्त गरे । 

गस्तीले गाडी प्रवेश गर्न नसक्ने स्थानमा पनि तत्काल पुगेर सहयोग तथा उद्वार गर्ने, पार्किङ रेखदेख र व्यवस्थित गर्ने, नगर सरसफाइमा सहयोग गर्ने, सर्वसाधारणलाई असहज हुने गरी राखिएका फुटपाथ हटाउनेलगायतका काम गर्नेछ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!