२ लाख ५० हजार घुस लिएको आरोपमा ललितपुरका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

Posted on: 24 Jan, 2024

माघ १०, काठमाडौं | नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।

मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!