ललितपुरकोमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा २ जनाको मृत्यु

Posted on: 25 Mar, 2024

चैत १२, काठमाडौँ | ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् । उनीहरु दुवैजना ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा बस्दै आएका थिए ।

उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!