ललितपुरमा एटिएम मेशिन तोडफोड गर्ने तीन जना प्रकाउ

Posted on: 01 Nov, 2022

कात्तिक १५,  काठमाडौँ | ललितपुरमा एटिएम मेशिन ताेडफाेड गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा नुवाकोट स्थायी घर भई हाल ललितपुर महानगर- १७ ग्वार्को बस्ने ३१ वर्षीय का वसन्त तिवारी, साेही स्थानकै हाल काठमाडाैँकाे सुन्धारामा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन्।


तीनैजनाले कात्तिक ४ गते राति साढे १२ बजेतिर ललितपुरकाे कुमारीपाटीस्थित रहेको एनएमबी बैंककाे एटिएममा ताेडफाेड गरेका थिए।

बैंककाे सिसिटिभी फुटेजकाे माध्यमबाट उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!