प्रदेश सरकारको एक करोड बजेटबाट हेटौंडामा तरकारी बजार

Posted on: 05 Jul, 2019

असार २०, हेटौंडा । १९ असार हेटौंडामा ब्यवस्थित तरकारी बजार बनाउन प्रदेश सरकारले एक करोड दिने भएको छ।  प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले मकवानपुरमा थोक बजार निर्माण गर्नका लागि सहयोग गर्ने भएको हो । 

चालु आर्थिक वर्षबाट सुरु गर्न लागिएको यो काम बहुवर्षिय योजानमा राखिएको छ । हेटौंडा उपमहानगरपालिका संगको सहकर्यमा हेटौडामा प्रादेशीक तरकारी तथा फलफूल थोक बजार निर्माण तथा संकलन केन्द्र निर्माण गर्न लागिएको हो । तरकारी तथा फलफूल थोक बजार निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ आउँदो आर्थिक वर्षका लागि बजेट छुट्याएको छ । 

हेटौंडाको टिसिएनमा अव्यसस्थीत रुपमा बषौदेखि बस्दै आएका तरकारी तथा फलफूलको थोक वजार व्यवस्थित गर्नका लागि दुवै सरकारको सहकार्यमा काम गर्न लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।प्रदेश ३ सरकारले गतवर्षनै ब्यवस्थित प्रादेशीक तरकारी बजार निर्माण गर्ने भनिएपनि काम सुरु गर्न सकेको छैन । 

अब आउँदो आर्थिक बर्षका लागि बजेट छुट्याएर काम गर्ने तयारीमा सरकार लागेको प्रदेश नम्बर –३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!