प्रचण्डको ब्रिफिङ : बिहीबार सरकारले पूर्णता पाउँछ

Posted on: 22 Sep, 2021

असोज ६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी दिएका छन्। बुधबार बसेको पार्टीको स्थायी समिति बैठकमा प्रचण्डले दल विभाजन अध्यादेशको कारण मन्त्रिपरिषद् विस्तार रोकिएको बताए।

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे जानकारी दिइएको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘स्थायी कमिटी बैठकमा सरकारको विषयमा छलफल भयो। अध्यादेशको कारणले अलिकति ढिलाइ भएको थियो। यो काम सकियो। आज वा भोलिसम्म सरकार विस्तारको काम सकिन्छ,’ प्रचण्डले स्थायी समिति बैठकलाई दिएको जानकारी उदृत गर्दै महराले भने।

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ। त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन्। यता, माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई मन्त्री छनोटको जिम्मा दिइसकेको छ। -लोकपाटीबाट   

यस बिषयमा तपाइको प्रतिक्रिया...!