वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछ"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महा्भियोगबारे सत्ता पक्षको रणनीति कस्तो छ ?

२०७४, २४ बैशाख आईतवार ०१:३९

वैशाख २४, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले महाभियोग लागेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथास्थितिमा काममा फर्कन आदेश दिएपछि सरकार आक्रोशित भए पनि तत्काल केही नगर्ने रणनीति अपनाएको छ । 

सरकारी उच्चस्रोतका अनुसार न्यायाधीश राणाविरुद्ध व्यवस्थापिका संसद्ले केही कदम चाल्दा एक सातापछि हुने निर्वाचनलाई असर पर्न सक्ने दृष्टिगत गर्दै तत्काल कुनै कदम नउठाउने रणनीति सरकारले बनाएको हो । अन्तरिम आदेशलाई पूर्ण इजलाससम्मको निर्णय पर्खने रणनीति पनि सरकारले बनाएको जानकारी स्रोतले दिएको छ।

'न्यायालयले व्यवस्थापिकाको विशेषाधिकार हनन गरेको छ तैपनि निर्वाचनलाई असर पर्ने गरी कुनै कदम नचाल्ने सरकारको रणनीति छ', प्रधानमन्त्री पुष्पकमल दाहालका एक सल्लाहकारले भने, 'न्यायपालिकाले फेरि पनि कार्यपालिका र व्यवस्थापिकाको अधिकार हनन हुने गरी निर्णय गरेको अवस्थामा बाहेक अहिले निर्वाचनलाई असर पर्ने गरी कुनै कदम चालिनेछैन। सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित छ।' ती सल्लाहकारका अनुसार सरकार र संसद्को कारणले निर्वाचनलाई असर परेको सन्देश प्रवाह हुन नदिने रणनीतिमा सरकार देखिएको छ।

ती सल्लाहकारले भने, 'फेरि पनि अदालतले कार्यपालिका र व्यवस्थापिकाका अधिकार हनन हुने गरी आफ्ना थप गतिविधि सञ्चालन गरेमा भने सरकार र व्यवस्थापिकाले सशक्त प्रतिवाद गर्ने नीति अवलम्बन गरिनेछ।'उनका अनुसार न्यायपालिका वैशाख ३१ मा हुने निर्वाचन बिथोल्ने गतिविधिमा लागेको ठहर गर्दै सरकारले न्यायालयका गतिविधिलाई सतर्कतापूर्वक अवलोकन गर्ने रणनीतिसमेत बनाएको छ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पनि प्रधानमन्त्री दाहालले सबै समस्याको समाधान गर्ने आश्वासन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले उल्लेख गरेको छ।सचिवालयका अनुसार अध्यक्ष ओलीले विवाद नतन्काई सेफल्यान्डिङ गरेर अघि बढ्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।

 'अदालतको कदम प्रतिगामी हो। गणतन्त्र नरुचाउनेहरूले चालेको कदम हो। त्यसमा एमालेले साथ दिएको पाइएको छ', प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले भने, 'कार्यपालिका र न्यायपालिकाबीचको संघर्ष व्यवस्थापिका र न्यायपालिकामा सरेको छ। चुनाव र सरकारलाई यसले कुनै असर पार्ने देखिँदैन।'

एमाले अध्यक्ष ओलीले सर्वोच्चको आदेश पालनाका लागि सत्तापक्षले संसद्मा दर्ता गरेको महाभियोग प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री दाहाललाई सुझाव दिनुभएको थियो भने प्रधानमन्त्री दाहालले सर्वोच्चको आदेशका विषयमा अन्य दल, संविधानविद् र कानुनका जानकारसँग कुराकानी भइरहेको जबाफ दिएका थिए। 'महाभियोगबारे छलफल गर्ने र अघि बढाउने संसद्को विशेषाधिकार हो', सत्तासीन माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले भने, 'संसद्को नियम, कानुनअनुसार महाभियोग अघि बढ्नुपर्छ भन्नेमा सत्तापक्ष अडिग छ। विपक्षीले माने संसद् अघि बढ्छ, नत्र संसद् स्थगित हुन्छ।'

प्रधानमन्त्री दाहालले शनिबार सत्तापक्ष, विपक्षी दलका नेता, संविधानविद्, कानुनविद्सँग औपचारिक र अनौपचारिक छलफल गरेका थिए। एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सत्तापक्षका विभिन्न नेतालाई सर्वोच्चको आदेश तलमाथि हुन नसक्ने भन्दै अदालतको आदेश मानेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । 

'अदालतको आदेशमा चित्त नबुझे पुनरावलोकन, भ्याकेटलगायत सुविधा प्रयोग गर्न सकिन्छ', नेम्बाङले भने, 'तर अदालतको आदेशलाई तलमाथि मान्न सकिन्न। त्यसलाई शिरोधार्य गरेर अघि बढ्नुपर्छ ।'  -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा