साउन ७, काठमाडौं | कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या ह्वात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो ।

सेप्टेम्बरसम्म फर्किने अर्वध कामदारलाई पुनः कोरिया जान पाउने छुट समेत दिइएको छ । यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो । फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ ।

दक्षिण कोरियाले अबैध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । अन्नपूर्ण पोष्ट