२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछाने भन्छन्- सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे म नै होला

२०७९, २२ चैत्र बुधबार ०८:०८

चैत २२, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो काँधमा देशको सबैभन्दा ठुलो पार्टी बनाएर देश निर्माण गर्ने जिम्मेवारी रहेको बताएका छन्।

चितवनमा चुनावी अभियानका क्रममा उनले भने, ‘सम्भवत: सबैभन्दा धेरै उजुरी पर्ने मान्छे मै होला। मलाई थाहा छ। मेरो काँधमा पार्टीलाई सबैभन्दा ठुलो बनाउने जिम्मेवारी पनि छ। त्यसैले त मेरो काँधमा यति धेरै उजुरी परेका छन्। ती उजुरीहरूको जवाफ म दिँदै जाउला। तर, तपार्ईंले दिने जवाफ वैशाख १० को मतपत्रले मात्रै दिन्छ। यो मुलुक बनाउँछु भनेर आएको हुँ। म अहिले एक्लै छैन १९ जना सांसद साथीहरू संसदमा हुनुहुन्छ। हामीलाई केही डर छैन।’

उनले पदमा पुगेर शक्ति आर्जन गरेर दुरुपयोग गर्ने कुनै योजना नभएको बताए। राम्रो काम गर्छु भन्दा धेरै दुख पाएको इतिहास रहेको बताउँदै केही गर्छु भन्नेलाई केही पनि नगर्नेहरूले दुख दिइरहेको टिप्पणी गरे।

उनले भने, ‘आज केही हानी नगर्दा जवाफमाथि जवाफ दिएर बसेको छु। भ्रष्टाचारीहरू जेल जान नपर्ने, भ्रष्टाचारीलाई जेल हालौँ भन्नेलाई जेल हाल्न तयार भएर बसेका छन्। हेर्नुहोला यिनै हातले भ्रष्टहरूलाई जेल कोच्न हस्ताक्षर गरेको कागज यहाँ लिएर आउनेछु।’

उनले आफ्नो पक्षमा पहिलाको भन्दा डब्बल माहोल बनेर आएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै