By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    12 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ?
राजनीति

चितवनमा रेनु दाहालको चुनावी भाषण- रविलाई भोट आकाशबाट वर्षिन्छ ?

साझासवाल
Last updated: April 10, 2023 11:16 am
साझासवाल
5 Min Read
Share

चैत २७, भरतपुर | भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध कडा टिप्पणी गरेकी छन् । चितवनमा आयोजित एक चुनावसभामा बोल्दै सबै ठूला पार्टीहरूले आ-आफ्नो भोट बैंक सुरक्षित राखेर रविलाई हराउनुपर्नेमा जोड दिइन् ।

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी कार्यक्रममा रेनुले सम्बोधन गरेकी थिइन् । उनले आफ्नो पार्टी माओवादीबाट श्रेष्ठमाथि कुनै धोका नहुने प्रत्याभूति दिइन् । रवि लामिछानेले एकपटक जनताको दिलदिमाग भड्काएर चुनाव जिते पनि अब त्यसो हुन दिनु नहुने उनको भनाई थियो ।

उनले रविमाथि व्यक्तिगत आक्षेपहरू पनि लगाइन् । रविले चार-चार वटा श्रीमती बिहे गरेको भन्दै दाहालले उनको पछि लाग्नेहरू देखेर अचम्ममा परेको बताइन् । रविलक्षित दाहालका अभिव्यक्तिहरू यस्ता थिए :

‘यसो हेर्छु, अचम्म लाग्छ… रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या… । त्यसमा पनि महिला दिदीबहिनीहरू छन् । चार-चारवटा श्रीमती बिहे गरेको छ । दुई-दुईवटा नागरिकता छन् । अहिले त दुई करोडका कुरा पनि आइसके । सबै चिजमा छलाङ छ । उल्टो मति उल्टो गति… यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ ।

सांसद भएको ६-८ महिनामा के-कस्ता काम गर्नुभयो ? उहाँले एउटा जनप्रतिनिधिका हिसाबले काम गर्नुभएन । वन समितिमा गएर पत्रकारको शैलीमा सातो लिनुभयो । होटल व्यवसायीहरूको माझमा गएर उहाँहरूमाथि प्रहरी, प्रशासनले पनि नगरेको काम गर्नुभयो । केही कमीकमजोरी हुन सक्छन् । भुलवस हुने कमीकमजोरीलाई स्टन्टबाजी गरेर सातो लिने काम उहाँले गर्नुभयो ।

धर्मचोकमा गएर ४ वर्षअघि निर्माण कार्य अघि बढेको सडकलाई यति दिनभित्र गर्ने भनेर फर्मान र मिडियाबाजी गर्नुभयो । जादूको छडी झैँ आदेशको भरमा, निर्देशको भरमा सम्पन्न भएको जसरी प्रचार गर्नुभयो । चितवनवासी जनसमुदायले उहाँको काम गर्ने तौरतरिका बुझ्न जरुरी छ । यसरी होहल्ला र मिडियावाजी गरेर जनताको अपेक्षा पूरा गर्न सकिँदैन । यो कुरामा सचेत हुन जरुरी छ ।

र एउटा पुरानो पार्टीका स्थापित नेता-कार्यकर्ता र संसदीय राजनीति जनअपेक्षा बुझेको नेतृत्व र व्यक्तित्वलाई यहाँका जनताले रोज्नुपर्छ । अहिले माहोल राम्रो बनेको छ । कांग्रेस, माओवादी र एमालेले आफ्नो मतलाई मात्रै जोगाउन सक्यौं भने रविको भोट कहाँबाट आउँछ र ? माथि आकाशबाट बर्षिने त होइन होला ? यही धर्तिबाट यिनै पुराना पार्टीहरुकै भोट, सोझा जनताको दिल-दिमागलाई भड्काएर आफ्नो पक्षमा पारिएका भोटहरू हुन्… अब त्यसो हुन नदिऊँ । विगतका कमी-कमजोरी करेक्सन गर्ने मौका आएको छ । यो मौकालाई खेर नफालौं ।’

दाहालले गठबन्धनका सबै पार्टीले कांग्रेसका उम्मेदवारलाई आफ्नो ठान्नुपर्ने बताइन् । पार्टी नेतृत्वले गरेको निर्णयलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ थियो ।

दाहालले कांग्रेस उम्मेदवारलाई माओवादीबाट धोका नहुने प्रत्याभूति दिलाउँदै यसो भनिन्ः

‘हाम्रो (कांग्रेस र माओवादी) त ६२/६३ देखिको सहकार्य हो । नेकपा माओवादी, कांग्रेस, नेकपा एकीकृत समाजवादी सबै एउटै पार्टी हुन् क्या अहिले । कोही सानो, कोही ठूलो होइन । हैसियतअनुसारको भागबन्डाको कुरा छ । ठूलोले ठूलो, सानोले सानो भाग लिन्छ । आपसी लेनदेनको कुरा हो । विन-विन हुने हिसाबले गरेका कुरालाई सहर्ष स्वीकार्नुपर्छ ।

हिजो पनि, आज पनि, भोलि पनि मुलुक र जनताको पक्षमा नेतृत्वले गरेका निर्णयलाई सबैले स्वीकार्नुपर्छ । सहमति, सहकार्य र एकता गिरिजाबाबुको मन्त्र थियो । यही परिपाटीमा सहयात्री भएर यहाँसम्म आएका छौं । गठवन्धनको जो भए पनि मेरै हो भनेर अघि बढ्न जरुरी छ । माओवादीका सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु । पार्टीभित्र बहस हुन्छ । हाम्रो उम्मेदवार हुनुपर्‍यो भन्ने दाबी-विरोध र आकांक्षा हुन्छ । तर, पार्टीभित्रका बहसलाई बाहिर ल्याएर मिडियाबाजी गरे भन्दैमा त्यसलाई अतिरञ्जित गरेर बुझ्न जरुरी छैन । सबै पार्टीभित्र यस्ता बहस हुन्छन् ।

जितनरायणजीले आफ्नो पार्टीमा गरेको बहसलाई मिडियामा ल्याएर माओवादीका नेता, कार्यकर्ता, शुभचिन्तक र मतदातालाई भड्काउने प्रपञ्च भइराखेको छ । यसलाई स्वभाविक हिसाबले लिन आग्रह गर्न चाहन्छु । आ-आफ्ना आकांक्षा र दावी हुन्छन् तर निर्णय भएपछि सहर्ष स्वीकार्नुपर्छ । माओवादी केन्द्रमा कुनै समस्या हुँदैन । म विश्वास दिलाउन चाहन्छु । माओवादीबाट कुनै दायाँबायाँ, धोका, मत यताउता हुँदैन । ९९ प्रतिशत दावाका साथ भन्छु, हाम्रो भोट तपाईंको पक्षमा जानेछ ।

प्रधानमन्त्रीज्यू, पार्टी अध्यक्षज्यूले बारम्बार, दिनको एकपटक रिपोर्ट लिइराख्नुभएको छ । के हुन्छ चितवनमा ? भनेर सोधिराख्नुभएको छ । आफू उम्मेदवार नहुँदा पनि उहाँलाई चिन्ता चितवनकै छ । जसरी पनि गठबन्धनले जित्नुपर्छ, दायाँबायाँ हुँदैन भनेर खबरदारी गर्नुभएको छ । हाम्रै उम्मेदवार हो, जसरी पनि जिताउनुपर्छ भन्ने उद्देश्य र सोचका साथ अघि बढेका छौं ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त
Next Article किसानलाई समयमै मल उपलब्ध गराउन माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

सीको नेपाल भ्रमण र सभामुखको घटनाबारे माओवादी केन्द्रको प्रारम्भिक धारणा सार्वजनिक

57 years ago
मुख्य समाचारराजनीति

उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

2 years ago
राजनीति

कांग्रेस सांसद बलायरलाई सभामुखले आकस्मिक समयमा बोल्न रोकेपछि…

57 years ago
राजनीति

आजपाले घेर्‍यो भन्सार विभाग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?