भारतमा उपचाररत सांसद भण्डारीद्वारा नयाँ वर्षमा भिडियो सन्देश

साझासवाल
1 Min Read

<p><b>बैशाख १, काठमाडौँ |</b> भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियोमार्फत शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले भने,<i> ‘स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरु २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं । एक अर्कोले सुख शान्ति, समृद्धिको कामना गरिरहेका छौं । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’<br></i></p><p><i>शुभचिन्तकहरुको माया, सद्धभाव, प्रेम र प्राथनाका कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको उनले बताए । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसति म सहभागी हुन सकिरहेको छैन । तपाईहरुको माया सद्धभाव, प्रेम र प्राथनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ सांसद भण्डारीले भने । छिट्टै नेपालमै उपचार गर्ने सांसद भण्डारीले बताए । ‘छिट्टै नै&nbsp; म तपाईहरुसित उपस्थित भएर त्यही नै मेरो स्वास्थ्य उपचार गर्ने छु । यस नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक&nbsp; मंगलमय शुभकामना व्यक्त गर्दै छु । धन्यवाद जय नेपाल ।’</i></p><p>बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी घाइते भएका थिए। सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो। फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ।</p>

Share This Article
Leave a Comment

Leave a Reply