वैशाख ३१, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाको नाम जोडिएकोप्रति आपत्ति जनाएको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै आरजूको नाम जोडेर विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तीगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति ध्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुदा कुनै ठोस प्रमाणबिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यस प्रती सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिती आग्रह गर्दछ ।’

सो प्रकरणमा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन बढी व्यक्ति पक्राउ परिसकेका छन् ।

Related News