By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    4 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    10 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > राजनीति > अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला
राजनीति

अस्पतालको शौचालयभित्र हाडनाता करणीका आरोपित मृत फेला

साझासवाल
Last updated: May 31, 2023 7:35 am
साझासवाल
3 Min Read
Share

जेठ १७, काठमाडौँ | विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा बुधबार बिहान हाडनाता करणीका एकजना आरोपित मृत फेला परेका छन् । 

हाडनाता करणी मुद्दा चलाउन प्रहरीले नियन्त्रणमा लिएका मोरङका ३३ वर्षीय पुरुष शौचालयभित्र मृत्यु भएको अवस्थामा भेटिएका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार शौचालयको भित्रबाट ढोका बन्द गरी चुकुलको हेन्डिलमा आफैंले लगाएको हरियो कपडा (गाउन)ले घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा उनलाई मृत फेला पारिएको हो । 

प्रहरीका अनुसार बिहान ५:२० बजेतिर उनी शौचालय छिरेका थिए । उनले यसअघि पनि घाँटी रेटेर आत्महत्याको प्रयास गरेको खुलेको छ । हाडनाता करणीको आरोप लागेपछि अनुसन्धानका लागि जेठ १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । हाडनाता जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गर्नलाई जेठ १४ गते आइतबार विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याइएका बेला उनले आत्महत्याको प्रयास गरेका हुन् । 

प्रहरीका अनुसार पिसाब गर्न भनेर वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा गएका नेपाली निक्कै बेरसम्म बाहिर नआएपछि हेर्दा त्यहाँभित्रै अचेत अवस्थामा लडिरहेको भेटिएका थिए । 

घाँटीको अगाडिको भाग रेटेर घाइते भएको अवस्थामा शौचालयभित्र भेटिएका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि कोसी अस्पताल लगिएको थियो । रगताम्य अवस्थामा भेटिएपछि उपचारका लागि लगिएको र उनीविरुद्ध म्याद थप नभएको डीएसपी दाहालले बताए । वकिल कार्यालयको शौचालयभित्र रहेका फलामको टुक्राले आँफैले घाँटी रेटेको हुनसक्ने अनुमान गरिएको छ । 

बोल्न नसक्ने अवस्थाका उनलाई थप उपचारका लागि कोसीबाट नोबेल अस्पताल लगियो । आकस्मिक कक्षमा उपचाररत थिए । जिम्मा जमानीमा लिएर आफन्तले उपचार गराइरहेका उनी अस्पतालको शौचालयभित्र पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उपचार पश्चात निको हुँदै गएका उनले आफूलाई मर्न मन लागेकाले नबचाउन पटक–पटक आग्रह गर्ने गरेको आफन्तले बताएका छन् । 

‘खोजेका बखत उपस्थित गराउने गरी प्रहरीबाट जिम्मा जमानीमा लिएर हामीले उपचारका लागि लगेका थियौं । तर, उहाँले बाँच्न मन छैन भन्दै आफूलाई मर्न दिन पटक–पटक भनिरहनु भएको थियो,’ एक आफन्तले भने, ‘उपचार ठीक हुँदै थियो । हामीले सम्झाईबुझाई गर्ने काम गरिरहेका थियौँ ।’ तर, शौचालयभित्र गाउनको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको उनले बताए । 

डीएसपी दाहालका अनुसार आफूले गरेको घटना बाहिरिएपछि हिनतावोध भएर उनले आत्महत्या गरेको हुनसक्ने बताए । ‘शौचालयको ढोका भित्रबाट लगाएर झुन्डिएको अवस्थामा मृत फेला पारिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिँदैन,’ उनले भने, ‘शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाउने तयारी भइरहेको छ । थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’

Share This Article
Facebook Email Copy Link Print
Previous Article विवादास्पद नागरिकता विधेयक प्रमाणीकरणबारे यस्तो छ राष्ट्रपति कार्यालयको तर्क
Next Article अब आमाको नामबाट नागरिकता, जन्मसिद्धका सन्तानलाई वंशजको व्यवस्था
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राजनीतिललितपुर - LLT

ललितपुरको मेयरमा महर्जनको अग्रता कायमै, कसले कति मत ल्याए ?

57 years ago
बारा - BRराजनीति

बारामा प्रतिनिधिसभा तथा प्रदेश सभाका लागि १८६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

57 years ago
काभ्रेपलान्चोक - KVPपर्सा - PRSराजनीति

उपनिर्वाचन २०७६: काभ्रेको धुलिखेल र पर्साको सखुवाप्रसौनीमा मतदान जारी

57 years ago
राजनीति

माधव नेपालको बयान- असल मनसायले प्रधानमन्त्री निवासको गुरुयोजना अघि बढाइएको हो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?