असार ८, काठमाडौँ | रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा एमालेका सांसद अच्युत मैनालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेका छन् ।

प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद मैनालीले सोधे, ‘रुस र युक्रेन युद्धमा रुसको पक्षबाट नेपाली युवाहरूको संलग्नताको विषयमा सरकारले जवाफ चाहन्छु ।’

प्रचण्डले रुसको नामै नलिई अप्रत्यक्ष जवाफ दिए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिमा घटिरहेका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान छ भन्ने कुरा पनि राख्न चाहन्छु ।’

गत असार ३ गते माओवादी केन्द्रकी सांसद दुर्गा राईले समेत रुसी फौजमा नेपाली युवाहरूको प्रवेश बारेमा संसदमा कुरा उठाएकी थिइन् ।