सुनचाँदीको मूल्य घट्यो

Sajha Sabal
1 Min Read

काठमाडौँ | सोमबार सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँ थियो । गत सोमबार सुनको भाउ तोलामा २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य आज तोलामा १०० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३७५ रुपैयाँमा झरेको छ । यसअघि गत सोमबार चाँदी ४ हजार ५८५ रुपैयाँ थियो ।

Share This Article