पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि सीता दाहालको पार्थिव शरीर राखियो

साझासवाल
1 Min Read

<p><b>असार २७, काठमाडौँ |</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट उनको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो ।<br></p><p>बुधबार दिउँसो १ बजेसम्म दाहालको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । अपराह्न २ बजे पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।&nbsp; &nbsp;&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply