वीरेन्द्रनगरमा ड्युटीमा खटिएको ट्राफिक प्रहरीलाई कुटपिट गर्ने युवक पक्राउ

साझासवाल
1 Min Read

<p><b>असार २७, सुर्खेत |</b> वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको ट्राफिक प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ | पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-७ बस्ने २७ वर्षीय प्रकाश केसी रहेको प्रहरीले बताए |&nbsp;<br></p><p>जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक हवल्दारलाई एक्कासि कुटपिट गरे पश्चात उक्त मोटरसाइकलसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ३ जनाको खोजी गरेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताए ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply