<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/979354d6881412a14e090f1fd90f333a1481128228.jpg" style="width: 800px;"><b>सन्तोषकुमार गुप्ता । दाङ २२ मंसिर ।</b> राष्ट्रिय जनमार्चाकी केन्द्रिय उपाध्यक्ष एवम् प्रबक्ता दुर्गा पौडेलले प्रचण्ड सरकारले जर्वजस्ती ल्याएको राष्ट्रघाती संविधान संसोधन बिधेयक संसदमा कुनै पनि हालतमा पारित नहुने बताएकी छिन् ।</p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/d8bcda39303b66ffb5418b92058936e21481128243.jpg" style="width: 800px;">प्रगतिशिल पत्रकार संघ दाङले बुधबार भालुवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा नेपाल, राजमो, माले लगायतका दलहरु संसोधनको बिरुध उभिएको अवस्थामा दुई तिहाई मत नपुग्ने भएकोले संविधान संसोधन बिधेयक कुनै पनि हालतमा पारित नहुने ठोकुवा गरिन् । आफ्नो सरकार टिकाउन प्रचण्ड सरकारले ल्याएको संविधान संसोधन बिधेयक पारित नहुने बरु सरकार नै संकटमा पर्ने चेतावनी समेत दिईन् । </p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/51cd9f6d3182f5ced5061494991494721481128266.jpg" style="width: 800px;">सांसद पौडेलले विश्वमा सरकारले ल्याएको विधेयक वा प्रस्ताव संसदमा दुई तिहाईले पारित नभए नैतिकताका अधारमा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने प्रचलन रहेकोले वर्तमान सरकारको आयु केही दिन मात्र बाँकी रहेको बताईन् । उनले नेपाली जनताको इच्छा ल्याएकोे संविधान संसोधन सक्छ भने संसदमा पारित गरेर देखाउन चेतावनी समेत दिईन् । सयौँ बर्षको लामो संघर्ष पछि नेपालको ईतिहासमा संविधानसभाको चुनावबाट जननिर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन गर्नुको साटो ५ प्रतिशत गैर मधेसीहरुको माग सम्बोधन गर्ने नाममा संविधान संसोधन विधेयक पारित गराउन खोज्नु नेपाली जनताका अगाडि धावा बोल्नु सरह भएकोले अब जनता चुप लागेर नबस्ने बताईन् । </p><p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/707397c604ae9ec05478f935811ca3021481128281.jpg" style="width: 800px;">प्रगतिशिल पत्रकार संघ दाङका जिल्ला कार्य समिती सदस्य बिदुर एमसीको अध्यक्षतामा भएको पत्रकार सम्मलेनमा जिल्लाका एक दर्जन बढी पत्रकार र एक सय बढी राजमोका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ताले गरेका थिए । </p>




